इरानमा कूटनीतिक कानून उल्लङ्घनको आरोपपछि बेलायती राजदूत स्वदेश फिर्ता

इरानमा कूटनीतिक कानून उल्लङ्घनको आरोपपछि बेलायती राजदूत स्वदेश फिर्ता

  • बुधबार, माघ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

तेहरानमा यूक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता हुनुभएको छ ।

“राजदूत रोबर्ट मकेयरले तेहरानलाई आफू स्वदेश फिर्ता हुने बिषय इरान सरकारलाई यस पहिले नै जानकारी गराउनुभएको थियो,” इरानी राष्ट्रिय समाचार संस्था आईआरएनए ले इरानी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको छ ।

कूटनीतिक कानूनअनुसार कुनै पनि देशको राजदूत वा कूटनीतिज्ञहरूले विदामा वा अन्य उद्देश्यका लागि स्वदेश फिर्ता हुनचाहेमा सरकारलाई सूचना दिई बाहिरिन सक्ने प्राबधान रहेको छ । “मकेयरले इरान सरकारलाई आफू लण्डन फिर्ता हुने बिषयमा पहिले नै जानकारी गराई सक्नुभएको थियो,” आइआरएनएले आफ्नो समाचारमा लेखेको छ ।

मङ्गलबार इरानी न्यायपालिकाका प्रवक्ता गुलामहुसेन इस्माइलीले इरानका लागि बेलायती राजदूत मकेयर सरकारविरोधी कार्यक्रममा ‘सहभागी भएको’ आरोप लगाउँदै उहाँलाई देश निकाला गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँलाई गत शनिबार ९जनवरी ११ गते० तेहरानमा यूक्रेनी विमानमा मारिएका व्यक्तिहरूको सम्झनामा आयोजित कार्यक्रम, जुन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो, मा सहभागी भै कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै इरानी अधिकारीहरूले पक्राउ गरी सोधपुछपछि रिहा गरेका थिए । इरानी अधिकारीले उहाँमाथि तेहरानस्थित एक विश्वविद्यालयमा विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी भै सरकारविरूद्ध गतिविधि गर्न प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

इरानी प्रहरीका उच्च अधिकारीले उहाँलाई पक्राउ गरेको तर सोधपुछका क्रममा बेलायती कूटनीतिज्ञ भएको जानकारी पछि रिहा गरिएको जनाएको थियो । कार्यक्रममा सहभागिता जनाएको आरोपमा सरकारले उहाँलाई पत्राचार गरी मङ्गलबार जानकारी लिएको थियो ।

उहाँले यूक्रेनी विमानमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा आफूलाई निमन्त्रणा भए अनुसार सहभागी भएको तर कार्यक्रम हुँदै गर्दा आक्रोशित भीडले कुनै छेउबाट सरकारविरोधी नारा लगाउन थालेपछि त्यहाँबाट निस्किएको बताउनुभएको थियो । आफूले एक सैलुनमा सेवाका लागि रोकिएका समय इरानी सुरक्षाकर्मीले एक्कासी पक्राउ गरी करिब आधा घण्टा सुरक्षा नियन्त्रणमा राखेको मकेयरले बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ