फिलिपिन्समा ज्वालामुखीका कारण वायूप्रदुषण, आठ हजार बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण

फिलिपिन्समा ज्वालामुखीका कारण वायूप्रदुषण, आठ हजार बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी, पुस २८ ।
ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा आठ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र खरानीका कारण वायू प्रदुषण भएको भन्दै अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन् ।

फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी तालको आसपासका सर्वसाधारण प्रभावित हुने भन्दै अन्यत्र स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

ज्वालामुखी र भूकम्पका कारण अझै विनास निम्त्याउने भन्दै सतर्क रहन सरकारी अधिकारीहरुले अपिल समेत गरेका छन् ।

ज्वालामुखीका कारण बाक्लो तुवाँलोले वायू प्रदुषण गरेको भन्दै मनिलामा अन्तर्रा्ष्ट्रिय उडान समेत स्थगन गरिएको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ