एजेन्सी, पुस २७ ।
इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ ।
सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् ।
अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आरोप छ । दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो ।
इरानले गत बुधबार युक्रेनको बोइङ आफ्नै कमजोरीले दुर्घटनामा परेको स्वीकार गरेको थियो । उक्त दुर्घटनामा एक सय ७६ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline