सरकारले आदेश दिए पाकिस्तान नियन्त्रित कास्मीर भारतमा गाभ्न सैन्य कार्बाही गर्ने भारतीय सेना प्रमुखको घोषणा

सरकारले आदेश दिए पाकिस्तान नियन्त्रित कास्मीर भारतमा गाभ्न सैन्य कार्बाही गर्ने भारतीय सेना प्रमुखको घोषणा

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

एजेन्सी पुष २६ । भारतका नवनियुक्त सेनापति जनरल मनोज मुकुद नरवणेले भारतीय ससदले चाहेमा र नयाँ आदेश आएमा पाकिस्तान नियन्त्रित कास्मिरमा सैन्य कार्बाही गरेर भारतमा गाभ्न सेना तयार रहेको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा सेना प्रमुख नरवणेले पाकिस्तान प्रशासित कास्मीर भविष्यमा भारतको हिस्सा बन्न सक्ने बताए । उनले केन्द्र सरकारले यस विषयमा निर्णय गर्नु पर्ने बताए । चीन र पाकिस्तानी सेनाको सामना गर्न भारत सक्षम रहेको जिकिर गर्दै उनले पहिलेको भन्दा भारतीय सेना मजबुत र सुदृढ भएको दावी गरे ।
अगष्ट ५ मा भारत प्रशासित कास्मीरको स्वायत्तता खारेज गर्दै मोदी सरकारले भारतमा गाभेको बिषयमा तीव्र विरोध भईरहेका बेला पाकिस्तान नियन्त्रित कास्मीर समेत गाभ्ने घोषणा पछि पाकिस्तान रुष्ट बनेको छ । यस बारेमा अहिले सम्म कुनै आधिकारीक टिप्पणी नगरे पनि पाकिस्तानमा यसको विरोध भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ