ताइवानमा राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदै

ताइवानमा राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदै

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी, पुस २६ ।

ताइवानमा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनसँगै आउने नयाँ नेतृत्वले चीनसँगको टापुको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति साइ इङ्ग वेन चीनको प्रभावमा ताइवन बस्न नहुने चुनावी नारा सहित चुनावी प्रतिस्पर्धामा छिन् । उनका मुख्य प्रतिस्पर्धी हान क्यु यु भने चीनसँगको समस्या सिघ्र समाधानको पक्षमा रहेका छन् । उनी चीन पक्षधर नेता हुन् ।

दुई वर्ष अघि भएको स्थानिय निर्वाचनमा राष्ट्रपति साइको पार्टीले हार बेहोरे पनि हङकङमा जारी तनाव र चीन विरोधी भावनाले यस निर्वाचनमा सहयोग पुग्ने विष्लेषण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

चीनले ताइवानको प्रशासनलाई नियन्त्रणमा लिने डरमा रहेका जनताले राष्ट्रपतिलाई नै मतदान गर्ने सर्वेक्षणले देखाएको छ । ताइवानमा १ करोड ९० लाखले मतदान गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ