इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले सुलेमानीको हत्या गर्नु परेको ट्रम्पको स्पष्टोक्ति

इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले सुलेमानीको हत्या गर्नु परेको ट्रम्पको स्पष्टोक्ति

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी, पुस २६ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताउनु भएको छ ।

फक्स न्यूज च्यानलसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले ४ वटा अमेरिकी दूतावासमा इरानले आक्रमण गर्न लागेको थाहा पाएपछि सुलेमानीको हत्या गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावातमा भएको प्रदर्शनको केही दिनपछि सुलेमानीको हत्या भएको थियो । ओहिओ राज्यमा निकालिएको चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दूतावासमा आक्रमणको जानकारी पाएपछि सुलेमानीको हत्या गरिएको बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पको भनाईमा विदेशमन्त्री माइक पोम्पियोको पनि समर्थन छ । हजारौं मानिसको ज्यान जानुमा सुलेमानी मुख्य जिम्मेवार रहेको आरोप पनि ट्रम्प र पोम्पियोले लगाएको बीबीसीले जनाएको छ ।

यमनमा रहेका इरानका कमान्डर अब्दुल रेजा सालाईको पनि अमेरिकाले हत्याको योजना बनाएको नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले बताएको खबरमा उल्लेख छ । तर यो आक्रमणमा भने सालाई बाँचेका ति अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ