एजेन्सी पुस २५ ।
ईरानविरुद्धको सैन्य कारबाहीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शक्तिको पूरा प्रयोग गर्न नपाउने भएका छन् । संयुक्त राज्य अमेरिकाको तल्लो सदन (हाउस अफ् रिप्रिजेन्टेटिभ्स) ले एक युद्ध शक्तिसँग सम्बन्धित प्रस्ताव पारित गरेको हो ।
यसको उद्देश्य ईरानसँग युद्ध गर्न अनिवार्यरुपमा काङ्ग्रेसको अनुमति लिनुपर्छ भन्ने हो । तर ईरानबाट आक्रमण भएको अवस्थामा भने यो प्रस्तावले ट्रम्पको अधिकारलाई रोक्ने छैन । साथै राष्ट्रपतिको भिटो अधिकारलाई पनि यसले रोक्ने छैन ।
सदनमा यो प्रस्तावको पक्षमा २२४ र विपक्षमा १९४ मत खसेको थियो । यो प्रस्तावलाई काङ्ग्रेसकी एजिला स्लटकिनले प्रस्ताव गरेकी थिइन् । ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको एक दिनपछि यो प्रस्ताव ल्याइएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline