राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने बेलायती राजकुमार ह्यारी र मेगनको घोषणा

राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने बेलायती राजकुमार ह्यारी र मेगनको घोषणा

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी, पुस २४ ।
बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गर्नु भएको छ ।

राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट छुट्टिदै आर्थिक रुपमा स्वतन्त्र बन्न काम गर्ने बताउनु भएको हो । राजकुमार ह्यारीको घोषणापछि ‘ड्युक एण्ड डचेज अफ् ससेक्स’ लाई लिएर बेलायती राजपरिवार अप्ठ्यारोमा परेको छ ।

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गर्दै दुवै जना अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । बीबीसीका अनुसार शाही जोडीले यो घोषणाभन्दा अघि शाही परिवारको कुनै अरु सदस्यले यस्तो फैसला गरेका थिएनन् र यो फैसलालाई लिएर शाही परिवार निराश छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ