इरानको तेहरानमा विमान दुर्घटना : १७० को मृत्यु

इरानको तेहरानमा विमान दुर्घटना : १७० को मृत्यु

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी, पुस २३ ।
इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको मृत्यु भएको छ ।

तेहरानको इमाम खामेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको मृत्यु भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ।

प्रविधिक समस्याका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ। युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान आज बिहान दुर्घटनाग्रस्त भएको हो।

विमान दुर्घटनाको अनुसन्धान गर्न इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेको र उद्दारको काम पनि जारी रहेको बताइएको छ ।

विमानमा इरानी सञ्चारमाध्यमले यसअघि १८० जना सवार रहेको बताए पनि पछि भने उक्त संख्या १७० रहेको पुष्टि भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ