ईरानद्धारा अमेरीकी सेनालाई आतंककारी घोषणा, मध्यपूर्वका अमेरीकी अड्डामा आक्रमण गर्न सक्ने

ईरानद्धारा अमेरीकी सेनालाई आतंककारी घोषणा, मध्यपूर्वका अमेरीकी अड्डामा आक्रमण गर्न सक्ने

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी पुष २२ । ईरानले अमेरीकी सेनालाई आतककारी संगठनको रुपमा घोषणा गरेको छ । मंगलबार ईरानी जनरल सुलेमानीको हत्याको बिरोधमा भएको कार्यक्रममा यस्तो घोषणा भएको हो ।
राष्ट्रपति हसन रुहानीले सवोधन गर्दै अमेरीकी राष्ट्रपतिले ५२ ठाँउमा आक्रमण गर्ने भनी दिएको धम्कीको विरोधमा २ सय ९० याद गर्न चेतावनी दिएका थिए ।
सन् १९७९ मा ५२ अमेरीकी ईरानले कब्जा गरेको थियो भने ईरानको जहाजलाई अमेरीकाले आक्रमण गर्दा सन १९८८ मा २ सय ९० जनाको ज्यान गएको थियो ।
ईरानी विदेश मन्त्री जावेद जरीफ्ले ट्वीट गर्दै सुलेमानीको श्रदाञ्जलीका लागि उत्रिएको मानव सागर कहिल्यै देखेका थियौ ? भन्दै ट्रम्पलाई प्रश्न गरेका छन् ।
उनले महान देश ईरान र यसका जनतालाई अमेरीकाले तोड्न नसक्ने भन्दै पश्चिम एशियाबाट पश्चिमा शैतानीहरुको उपस्थिति समाप्त हुने क्रम शुरु भएको पनि चेतावनी दिए ।

यो घोषणा पछि ईरानले मध्यपूर्वमा रहेको अमेरीकी सैनिक बेसक्याम्पहरुमा आक्रमण गर्न सक्ने आशका बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ