ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्न बोल्टन तयार

ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्न बोल्टन तयार

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, पुस २२ ।
अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान गर्नुअघि अनुसन्धानका क्रममा भने बोल्टनले ट्रम्पकै निर्देशनमा छानविनमा असहयोग गर्ने घोषणा गरेका थिए ।

तर तल्लो सदनले बहुमतले महाअभियोग प्रस्ताव पारित गरेर माथिल्लो सदनमा विचाराधिन अवस्थामा रहेका बेला बोल्टनको यस्तो भनाइ आएको हो ।

बोल्टनले एक विज्ञप्ती जारी गरेर आफू ट्रम्पविरुद्धको महाअभियोग छानविनका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ ।

बोल्टन राष्ट्रपति ट्रम्पका विवादास्पद गतिविधिका बारेमा जानकार रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनमाथि दवाव दिएको आरोप लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ