इराकबाट आफ्ना सैनिक हटाउने कुनै योजना छैन :अमेरिका

इराकबाट आफ्ना सैनिक हटाउने कुनै योजना छैन :अमेरिका

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, पुस २२ ।
अमेरिकाले इराकबाट आफ्नो सुरक्षा दस्ता फिर्ता लैजान योजना नरहेको स्पष्ट पारेको छ । अमेरिकी सुरक्षा सचिव मार्क एस्परले अमेरिकी सेनाले इराकबाट फिर्ता बोलाउने हल्ला मात्र भएको बताउनुभयो ।

यसअघि इराकको संसदले अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपनि आफूहरुले थप सैनिक भर्ना गर्ने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

अमेरिकाको हवाइ आक्रमणमा शीर्ष इरानी सैन्य कमाण्डर कसेम सोलेमानी मारिएपछि दुई देशको सम्बन्ध थप बिग्रिएको हो । राष्ट्रपति ट्रम्पको निर्देशनमै सोलेमानीको गत शुक्रबार बगदादमा ड्रोन हमलामा मृत्यु भएको हो ।

हत्यालगत्तै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको केही समयपछि बगदादस्थित अमेरिकी दुतावास नजिकै कयौं बिस्फोट गराइएको समाचार सार्वजनिक भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ