ईरानले तोक्यो टम्पको टाउकोको मुल्य, जनसंख्या बराबर डलर दिने घोषणा

ईरानले तोक्यो टम्पको टाउकोको मुल्य, जनसंख्या बराबर डलर दिने घोषणा

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पुष २१ एजेन्सी । तेहरान : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो।

सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको जनाएको छ। ‘इरानमा ८ करोड बासिन्दा छन्’, द सनले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै लेखेको छ, ‘यो जनसंख्यामा आधारित हुँदै हामी ८० मिलियन डलर खर्च गर्न चाहन्छौँ, जुन राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई पुरस्कार हो।’

लगत्तै राष्ट्रपति ट्रम्पले यदि इरानले आक्रमण गरे त्यसको जवाफ तुरुन्त दिने प्रतिक्रिया जनाएका थिए। उनले आइतबार मात्रै ट्वीटरमार्फत इरानको आक्रमणको जवाफ नयाँ हतियारबाट गर्ने चेतावनी दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ