अमेरीकी सेनालाई फिर्ता गराउन ईराकको ससदको आदेश

अमेरीकी सेनालाई फिर्ता गराउन ईराकको ससदको आदेश

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पुष २१ एजेन्सी । ईराकको ससदले एक बिशेष प्रस्ताव पारीत गर्दै त्याहाँ रहेको अमेरीकी सेनालाई फिर्ता गराउन सरकारलाई आदेश दिएको छ । ससदमा देशको जल जमिन र आकाश कुनै पनि विदेशी सेनालाई प्रयोग गर्न नदिन प्रस्ताव पास गरेको छ ।
ईराकमा सन् २००३ देखि आक्रमण गरेर बसेको अमेरीकी सेना मध्य ५ हजार सेना अझै तैनाथ छ ।
ईराकमा ईरानी जनरल क्वासीम सुलेमानीको अमेरीकी हमलामा मृत्यु भए पछि देशको सार्वभौम सत्ताको उलंघन भएको बिषयमा पनि आलोचना भएको छ ।
महिनौ चलेको प्रदर्शन पछि राजीनामा दिएका प्रधानमन्त्री अब्दुल महदी नै अहिले पनि कार्यबाहक रुपमा रहेकाले कुनै पनि बिषयमा ठोस निर्णय हुने अपेक्षा भने कम छ ।
उनले अमेरीकाले गरेको आक्रमण र सुलेमानीको हत्या राजनीतिक हत्याको रुपमा ब्याख्या गर्दे देशको सार्वभौम सत्ताको उलंघन हो भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ