दिल्लीको जेएनयुमा विद्यार्थीमाथि नकाबधारीद्धारा साघातिक आक्रमण, ३० घाईते

दिल्लीको जेएनयुमा विद्यार्थीमाथि नकाबधारीद्धारा साघातिक आक्रमण, ३० घाईते

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी पुष २१ । दिल्ली स्थित जबाहरलाल नेहरु विश्व विद्यालयमा आईतबार साझँ नकाबधारी समुहले साघातीक हमला गरी ३० विद्यार्थी घाईते बनाएका छन् । नकाबधारी समुहले होस्टलका विद्यार्थीमाथि रड र डन्डीले आक्रमण गरेका थिए । त्यस पछि साबरमति होस्टेलको बिल्डीगंमा तोडफोड गर्नुका साथै गाडीहरु पनि सो समुहले फुटाएको छ ।
यस आक्रमणबाट छात्र संघ अध्यक्ष आईसी घोष सबै भन्दा गंभीर घाईते भएको र घाईते सबैको एम्स अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उनीहरुले शिक्षकमाथि पनि हमला गरेका छन् । यसबाट प्रोफेसर सुचरिता सेन घाईते भएकी छन् ।
साझँ आक्रमण भए पछि जेएनयु, एम्स, दिल्लीका अन्य सडक र मुम्बई सहित भारतका धेरै ठाँउमा रातभर प्रदर्शन भएको थियो ।
करीब २ सयको संख्यामा नकाबधारी विश्व विद्यालय प्रवेश गरेको विद्यार्थीहरुको भनाई छ । ती नकाबधारीहरु भाजपाका विद्यार्थी संगठनका कार्यकर्ता रहेको अन्य संगठनले बताएका छन् ।
यस हिसात्मक घटनाको बिरोध काग्रेस सहित अन्य दल र नेताहरुले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ