एजेन्सी, पुस १९ ।
इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही समय पछि बग्दादमा अर्को हवाई आक्रमण भएको छ । आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।
इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो । समाचार संस्था रोयटर्सका अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेको छ । त्यहाँ रहेका ३ सवारीसाधनमध्ये २ जलेको बताइएको छ ।
इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा अर्को आक्रमण भएको हो । दोस्रो आक्रमणबारे भने अमेरिकाले अहिललेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline