एजेन्सी पुस १८ ।
अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । बगदाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ । विभागका अनुसार सोलेमानीलाई उनीहरूले आतंकवादी घोषणा गरेका थिए । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको विभागको दाबी छ ।
हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline