जकार्तामा आएको बाढीमा परि १६ जनाको मृत्यु

जकार्तामा आएको बाढीमा परि १६ जनाको मृत्यु

  • बिहिबार, पुस १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

एजेन्सी पुस १७ ।
इण्डोनेसियाको राजधानी जकार्तामा भारी वर्षा पछि आएको बाढीमा परि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ वर्ष यताकै भीषण वर्षा असामान्य रहेको अधिकारीहरुले जनाएका छन् । शहर नजिकका बस्तीहरु पनि बाढीको चपेटामा परेका छन् ।

पूर्वी जकार्तामा रहेको विमानस्थलमा ३ सय ७७ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । सन् २०१३ मा जकार्तामानै आएको बाढीमा परि ४७ जनाको मृत्यु भएको थियो ।

विज्ञहरुले सन् २०५० सम्म जकार्ता पूरै जलमग्न हुने सम्भावना औंल्याएका छन् । यही कारणले पनि राष्ट्रपति जोको विडिडोलले राजधानी पूर्वी वोर्निवोमा सार्ने योजना अघि सारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ