एजेन्सी,पुस ११ ।
मध्य एशियाली मुलुक कजाकस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
आज बिहानै दुर्घटना भएको ९३ जना यात्रु सवार विमान दुई तले घरमा बजारिँदा टुक्राटुक्रा बनेको खबर अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले दिएका छन् ।
बेक एयरको फ्लाइट नम्बर जेड ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको हो ।
अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९३ यात्रुका साथै पाँच चालक दलका सदस्य भएको अल्माटी विमानस्थलले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline