तालिवानद्वारा २६ शान्ति अभियानकर्मीलाई अपहरण

तालिवानद्वारा २६ शान्ति अभियानकर्मीलाई अपहरण

  • बुधबार, पुस ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

अफगानिस्तान, ९ पुस ।

तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका प्रहरी प्रवक्ताले बताएका छन् ।

अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा गोप्यरूपमा बसेको उनीहरूले अधिकारकर्मीहरू चढेका छ वटा गाडीलाई बाटोमा रोकी २६ जनालाई अज्ञात स्थलतर्फ लगेको प्रान्तीय प्रहरी प्रवक्ता मोहीबुलाह मोहिभले पुष्टि गर्नुभयो । तर अफगानी जनशान्ति अभियानका बसिमिल्लाह वातानदोस्तले आफ्नो समूहबाट २७ जना अपहरणमा परेको बताउनुभयो ।

प्रहरीले अपहरणकारीलाई पछ्याउँदै शान्ति अभियानकर्मीको खोजी गरिरहेको बताएको छ । प्राप्त समाचार अनुसार अपहरणमा परेका ती न्यक्तिहरूले गाउँगाउँमा पुगी शान्तिका लागि स्थानीयको सहभागीतामा प्रदर्शन गर्दै हिँडेका थिए । फारामा सक्रिय तालिवान समूहले भने घटना सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ