प्रदर्शन नरोकिएपछि हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार

प्रदर्शन नरोकिएपछि हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार

  • बुधबार, पुस ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

९ पुस, काठमाडौं । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ ।

प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् ।

क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार गरेपछि प्रहरीको दमन बढेको अन्तर्रा्ष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

विवादास्पद विधेयकको विरोधमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीले गरेको अत्याधिक दमकको छानविन गर्न माग गर्दै पछिल्ला दिनहरुको प्रदर्शन हुन थालेको बताइएको छ ।

केही आन्दोलनकारीहरुले क्रिसकमको समयमा प्रदर्शन गर्न नहुने बताएका थिए ।

तर आन्दोलनकारीले बैंक तथा निजी व्यापारीक भवनहरुमथि तोडफोड गर्न थालेपछि त्यसको सुरक्षाका लागि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ