अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत मुलेनवर्ग वर्खास्त

अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत मुलेनवर्ग वर्खास्त

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

८ पुष, एजेन्सी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले प्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनवर्गलाई वर्खास्त गरेको छ ।

बोइङको बोर्डले मुलेनवर्गलई पदबाट हटाउने निर्णय गरेको हो । केही दिनअघि मात्र आफ्ना उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले प्रमुख कार्यकारी अधिकृतसमेत हटाएको छ ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथियोपियामा दुई वटा बोइङ दुर्घटनाग्रस्त भएपछि विमानको सुरक्षाको विषयमा सर्वत्र आलोचना भएको थियो ।

कम्पनीले यस वर्ष मात्र पाँच वटा बोइङ बिक्री गर्ने तयारी गरेको थियो ।

बोइङले कम्पनीका अध्यक्ष डेविड कोलहन आगामी जनवरीदेखि मुख्य कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

बोइङले बोर्ड सदस्यहरुको जिम्मेवारी हेरफेर गरेकाले आगामी दिनमा आफ्नो व्यापारिक विश्वशनियता पुनः कायम राख्ने विस्वाससमेत व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ