‘क्याथोलिक चर्चको मेक्सिकन शाखामा १७५ बालबालिकामाथि यौन दुव्र्यवहार भएको भनाइ’

‘क्याथोलिक चर्चको मेक्सिकन शाखामा १७५ बालबालिकामाथि यौन दुव्र्यवहार भएको भनाइ’

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

मेक्सिको सिटी, ६ पुस।
 एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् । समूहका महानिर्देशक एडुआर्डो रोबल्स–गिलद्वारा स्थापना गरेको एक आयोगद्वारा गरिएको अनुसन्धानले सन् १९४१ मा लिगनरी अफ क्राइस्टको स्थापनादेखि सन् २०१९ को डिसेम्बर १६ सम्म गरेको अनुसन्धान रिपोर्टलाई ‘सेरोआबुसोेस डट ओराजी’ मार्फत् सार्वजनिक गरिएको छ ।
“यौन दुव्यवहार भएका भनिएका सबै बालबालिका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्,” क्रिश्चियन उक्त संस्थाको सहयोगमा गत जुनमा स्थापना भएको एक आयोगले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धानमा आरोपित ३३ पादरीमध्ये अझै १८ जना अझै पनि उक्त संस्थामा सम्लग्न रहेका बताइएको छ । तर संस्थाले उनीहरूलाई नागरिक वा बालबालिकासँग जोडिने कुनै पनि कामबाट टाढा गरिसकिएको छ । अझ आश्चर्यको कुरा के छ भने आरोपित ३३ मध्ये १४ जना त लिगनरीहरूबाट नै पिडित भएका बताइएको छ ।
बालबालिकालाई कसरी यौन दुव्र्यवहार गरिएको थियो र दुव्यवहारका घटना कसरी अहिलेसम्म पनि जोडिएका छन् भन्नेबारेमा प्रतिवेदनले स्पष्ट व्याख्य गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिभन्दा बढी व्यक्ति दुव्यवहारमा परेका पनि हुन सक्ने तर अध्ययनले सबै समेट्न नसकेको पनि बताइएको छ ।
यद्यपि अनुसन्धान र अध्ययनलाई भविष्यमा पनि जारी राख्ने सेरोआबुसेसले जनाएको छ । सेरोआबुसेसले भनेको छ, “विभिन्न ४५ पिडितहरूलाई ‘क्षतिपूर्ति र मेलमिलाप’ गराउने प्रक्रिया जारी छ र यसलाई अझ धेरैमा बिस्तार गर्नुपर्ने महशुस गरिएको छ ।” सन् २००८ मा मृत्यु भैैसकेका मासिएललाई उहाँ कार्यरत संस्थाबाट आरोपहरू आउन थालेपछि तत्कालिन क्रिश्चियन धर्मगुरू पोप बेनेडिक्टले सन् २००६ मा अबकास लिन दवाब दिएपछि उहाँ संस्थाबाट अलग्गिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ