कानुन उल्लंघन गरेको अभियोगमा प्राध्यापकलाई मृत्युदण्ड

कानुन उल्लंघन गरेको अभियोगमा प्राध्यापकलाई मृत्युदण्ड

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

एजेन्सी, पुस ६ ।
पाकिस्तानमा कानुन उल्लंघन गरेको अभियोगमा एक प्राध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको मुल्तान शहरमा रहेको बहाउद्दिन जकरिया विश्वविद्यालयका प्राध्यापक जुनैद हफीजलाई मृत्यु दण्डको सजाय सुनाइएको हो ।

पैगम्बर मोहमदविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा सन् २०१३ मा पक्राउ परेका उनलाई पाकिस्तानको अदालतले पाँच लाख रुपैयाँ जरिवानासहित मृत्यु दण्डको सजाय सुनाएको हो ।

हफीजलाई कारागारमा रहेका अन्य बन्दीहरुले पटक पटक आक्रमण गरी शारिरीक यातनासमेत दिने गरेको आरोप लगाइएको छ । उनका वकिलको सन् २०१४ मा गोली हानी हत्या गरिएको थियो ।

हफीजविरुद्ध अन्तिम सुनुवाइका क्रममा विश्वविद्यालयका शिक्षक छात्र र सुरक्षाकर्मीहरुले बयान दिएका थिए भने हफीजको तर्फबाट १३ जना अभियोजनकर्ताहरु रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ