इराकमा जारी आन्दोलनमा चार सय ८५ जना मारिए

इराकमा जारी आन्दोलनमा चार सय ८५ जना मारिए

  • शनिबार, पुस ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

५ पुस, एजेन्सी । इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो ।

इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले यो विवरणको पुष्टि गर्नुभएको हो ।
आन्दोलनका क्रममा भएका प्रदर्शनहरुमा २ हजार ८०७ पक्राउ परेका ती मध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका बैयातीले बताउनु भएको छ ।

अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका उहाँले थप जानकारी दिनुभयो ।

इराकमा हत्या र अपहरण जस्ता घटना पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । सरकार तथा भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएकाहरु, नागरिक अगुवाहरुलाई अपहरण गर्ने गरेको पाइएको उच्च आयोगका सदस्य बैयातीको भनाई छ ।

आयोगले बग्दाद र अन्य सहरहरुमा हत्या तथा अपहरणका घटना बढ्दै जानसक्ने भन्दै नागरिक अगुवा, आन्दोलनकारी र सर्वसाधारणलाई सचेतसमेत गराएको छ ।

आयोगका अधिकारीहरुले सुरक्षा सतर्कका बढाउनु पर्ने खाँचो औल्याउदै निशस्त्र नागरिक तथा आन्दोलनकारी र अगुवाहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि सरकार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

सरकारको पुनर्गठनलगायत भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, आर्थिक बृद्धि, सार्वजनिक सेवामा सुधार लगायतका माग राख्दै इराकमा आन्दोलन जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ