म विरुद्ध कु को प्रयास भयो : ट्रम्प

म विरुद्ध कु को प्रयास भयो : ट्रम्प

  • बुधबार, पुस २, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी पुष २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ’कु’को प्रयास भनेका छन् ।
ती डेमोक्रयाट्सहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाउदै अभियोग विरुद्ध कठोर प्रतिकृया दिएका छन् । डेमोक्रयाटिकका वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७ औँ शताब्दीमा जादु टुना गर्नेलाई गरे जस्तो भएको बताए ।
महाभियोग लागेर अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमुक्त भएका छैन् । पेलोसीलाई लेखिएको पत्रमा उनले “अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्ध“को चेतावनीको रुपमा टिप्पणी गरेका छन् ।
मङ्गलवार पठाइएको पत्रमा उनले महाभियोग जस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन् ।
बुधवार हुने मतदानमा परिणाम केही फरक होलाकि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन् ।
ट्रम्पमाथि महाभियोगको छानबिन सुरु गर्ने घोषणा गर्दा सभामुख न्यान्सी पेलोसीले ’कोहीपनि कानुन भन्दा माथि नरहेको’ र ट्रम्पलाई उनको कदमकालागि ’जवाफदेही ठर्हयाउनु पर्ने’ बताएकी थिइन्।
यो राष्ट्रपतिले गरेको असाधारण हस्तक्षेप हो ।
शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा र्पुयाएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ’निराधार हस्तक्षेप’ भएको र दोस्रो ’खतरनाक र निरर्थक’ भएको बताए । व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि बुधवार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन् ।

उनले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको बताएका छन्।
महाभियोग सुनुवाइमा ट्रम्प उपस्थित नहुने ’महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेकालाई पक्राउ गर्नुपर्छ’
ट्रम्पले शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा र्पुयाएको भन्ने दुईवटा महाभियोगको सामना गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ