भूकम्पले क्षतिग्रस्त भवन निर्माण गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै नौ जना गिरफ्तार

भूकम्पले क्षतिग्रस्त भवन निर्माण गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै नौ जना गिरफ्तार

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

एजेन्सी, मंसिर २९ । भूकम्पले क्षतिग्रस्त भवन निर्माण गर्दा न्यून्तम मापदण्डसमेत पूरा नगरेको भन्दै अल्बानियामा डिजाइनर र निर्माणकर्तालाई निण्न्त्रण्मा लिएको छ ।

शक्तिको आडमा बिना मापदण्ड भवन निर्माण गरेर सानो भूकम्पमा पनि बढी क्षति भएको भन्दै सुरक्षाकर्मीले नौ जनालाई नियन्त्रणमा लिएको हो ।

गत महिना भूकम्पले क्षतिग्रस्त डुर्रेस शहरमा क्षतिग्रस्त भवनका संरचना पन्छाउने क्रममा उनीहरुलाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा होटलका सञ्चालकसमेत रहेको बताइएको छ । भूकम्पमा अधिकांश होटलमा क्षति पुगेको थियो ।

६ दशमलव ४ म्याग्निच्यूटको भूकम्पका कारण अलबानीयामा ५१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

भूकम्पका कारण १४ हजार भन्दा बढी घरबारबिहिन भएका थिए । सन् १९९० मा कम्युनिजमको पतनपछि अल्बानियामा बिना मापदण्ड भवन तथा संरचनाहरु निर्माण हुँदै आएका छन् ।

भवन निर्माणको क्रममा न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै संरचना निर्माणकर्ता र डिजाइनरलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ