सुडानका पूर्व राष्ट्रपति बसिरलाई जेल सजाय, दुई वर्ष नजरबन्दमा राखिने

सुडानका पूर्व राष्ट्रपति बसिरलाई जेल सजाय, दुई वर्ष नजरबन्दमा राखिने

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी, मंसिर २९ । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई दुई वर्ष नजरबन्दमा राखिने भएको छ ।

सुडानमा आन्दोलन चर्केपछि सेनाले पदच्युत गरेका बसिरलाई सुडानको एक अदालतको आदेशमा सुविधासहितको सुधारगृहमा राखिने भएको हो ।

आफनो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा बसिर दोषी ठहर भएका थिए ।

सुडानको कानुन अनुसार ७० वर्ष काटेका कुनै पनि नागरिकलाई जेल सजाय दिन नमिल्ने भएका कारण उनलाई सुधारगृहमा नै नजरबन्दमा राखिने भएको हो ।

सुडानमा गत वर्ष राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा बसिरले प्रदर्शन दबाउन प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न सम्मको आदेश दिएको समाचारमा जनाइएको छ ।

जसका कारण उनीमाथि निर्दोष व्यक्तिको हत्याविरुद्ध अर्को मुद्दा पनि परेको छ ।

यही मुद्दाको सुनुवाई पछि हुने पैmसलापछि मात्रै नजरबन्दको सजाय सुरु हुनेछ । बसिरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ