चिलीमा सुरक्षाकर्मीद्वारा मानवअधिकारको चरम उल्लंघन गरेको राष्ट्रसंघको दावी, सरकारद्धारा आरोपको खण्डन

चिलीमा सुरक्षाकर्मीद्वारा मानवअधिकारको चरम उल्लंघन गरेको राष्ट्रसंघको दावी, सरकारद्धारा आरोपको खण्डन

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२८ मंसिर, काठमाडौं । चिलीका सुरक्षाकर्मीमाथि मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाइएको छ ।

विगत आठ हप्तादेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला चिलीका सुरक्षाकर्मीले हत्या, यातना र यौन हिंसालगायतका गतिविधि तीव्र पारेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले सुरक्षाकर्मीबाटै मानसिक यातना, अपहरण, यौन हिंसा र जबरजस्ती बेपत्ता पार्नेलगायतका घटना बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ ।

सरकारले सार्वजनिक यातायातको शुल्क वृद्धि गरेकोलगायत विभिन्न सार्वजनिक सरोकारका समस्या समाधानमा चासो नदेखाएको भन्दै चिलीमा आन्दोलन चलिरहेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सार्वजनिक भवन तथा सम्पति तोडफोड र आगजनी गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले अमानविय व्यवहार गरेको राष्ट्रसंघको दावी छ ।

सुरक्षाकर्मीले नियन्त्रणमा लिएका कतिपय आन्दोलनकारीको हिरासतमै मृत्यु भएको पनि बताइएको छ ।

कयौं सर्वसाधारणको मृत्युको खबर पनि सुरक्षाकर्मीले लुकाएको राष्ट्रसंघले दावी गरेको छ । तर सरकारले भने राष्ट्रसंघको आरोपको खण्डन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ