एजेन्सी, २५ मंसिर ।
अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सहरमा भएको गोलाबारीमा परि एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ ।
घटनामा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो ।
प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन नसकेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।
स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए ।
मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline