विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री मरिन संसदबाट अनुमोदित

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री मरिन संसदबाट अनुमोदित

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

हेल्सीङ्की, २३ मङ्सिर / फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी ९एसडीपी० प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो । फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरेपनि त्यसलाई संसदले अनुमोदन गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । उहाँ आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो ।

गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये एसडीपीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गने अवसर जुरेको हो । विश्वमा सानै उमेरमा प्रधानमन्त्री भएका व्यक्तिहरूमा युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका हुनुहुन्छ भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको हुनुहन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ