न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट

न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

२३ मंसिर, एजेन्सी ।
न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ । भने २३ जनाको सकुसल उद्धार गरीएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस्तै दर्जनौं मानिस घाइते भएका छन् भने केही केही सम्पर्क्विहीन भएको जनाइएको छ । उत्तरपूर्वी न्यूजिल्याण्डको ह्वकारी पनि भनिने ह्वाईट आईल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो ।

यसबाट एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको न्यूजिल्याण्डको क्रूज असोसिएशनले जनाएको छ । प्रभावितको उद्धारका लागि उद्धारकर्मीहरू परिचालित गरिएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भन्दै उद्धारमा पूर्ण ध्यान दिइने जनाएकी छिन् ।

सक्रिय ज्वालामुखी रहेको ह्वाईट आईल्याण्ड पर्यटकीय स्थल भएकाले पर्यटकहरु परेको जनाइएको छ । विस्फोटको समयमा झन्डै ५० जना रहेको प्रहरीले जनाएको छ । यस टापुमा पहिले पनि ज्वालामुखी विस्फोटका घटना भइरहने गरेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ