ईरान र अमेरीकाबीच बन्दी साटासाट

ईरान र अमेरीकाबीच बन्दी साटासाट

  • शनिबार, मंसिर २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

हरान, २१ मङ्सिर  । संयुक्तराज्य अमेरिकामा गिरफ्तार गरिएका एक इरानी वैज्ञानिक तथा इरानले पक्राउ गरेका एक अमेरिकी अनुसन्धाता मुक्त भएका छन् । दुबै देशबीचको तनाब चरम स्थितिमा पुगे पनि दुबै देशले एकअर्का मुलुकका नागरिकलाई मुक्त गरिएको बताएका छन् ।

इरान सरकारले अमेरिकाले आफ्ना नागरिक एवं वैज्ञानिक मसुद सोलेमानीलाई मुक्त गरेलगत्तै इरानमा गिरफ्तार गरिएका अमेरिकी अनुसन्धाता झियू वाङलाई मुक्त गरिएको जनाएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै प्राध्यापक मसुद र झियू दुवै मुक्त भएकामा खुशी लागेको बताउनुभएको छ ।

इरानी सरकारी समाचार संस्था इर्नाले मसुदलाई अमेरिकाले एक वर्षको गैरकानुनी नजरबन्द पुग्नै लाग्दा छाडेको जनाएको छ । ती इरानी प्राध्यापकलाई स्वीट्जरल्याण्डमा इरानी अधिकारीहरु समक्ष हस्तान्तरण गरिएको थियो ।

वासिङ्टनबाट जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षसम्म इरानमा बन्धक बनाइएका झियू मुक्त हुनुभएको र उहाँ स्वदेश फर्कन लाग्नुभएको बताउनुभएको थियो । चीनमा जन्मेका अमेरिकी नागरिक झियूमाथि इरानमा जासूसी गरेको आरोपमा १० वर्षको जेल सजाय तोकिएको थियो ।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक झियू इरानी कजार वंश परम्पराको अनुसन्धानका क्रममा सन् २०१६ मा पक्राउ पर्नु भएको थियो ।

सोलेमान पनि तेहरानस्थित तारबाइट मोडेरस विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ट स्टेम सेल अनुसन्धाता हुनुहुन्छ । उहाँ सन् २०१८ मा अमेरिका पुगेलगत्तै पक्राउ पर्नु भएको थियो ।

संयुक्त राज्य अमेरिका र इरानबीच सन् १९८० देखि मात्र कुटनीतिक सम्बन्ध स्थापना भएको हो । दुबै मुलुकबीच सन् २०१८ देखि सम्बन्ध निकै चिसिएको छ । अमेरिकाले इरानी आणविक कार्यक्रम बन्द गराउन दबाब दिँदै इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ