डा.लाई बलात्कार गरी मारेको अभियोगमा पक्राउ परेकालाई भारतीय प्रहरीले ईन्काउन्टरमा मारिदिए पछि उठ्यो प्रश्न ?

डा.लाई बलात्कार गरी मारेको अभियोगमा पक्राउ परेकालाई भारतीय प्रहरीले ईन्काउन्टरमा मारिदिए पछि उठ्यो प्रश्न ?

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

मंसीर २० नयाँ दिल्ली । भारतको हैदरावादमा एक महिला डाक्टरको बलात्कार र हत्या आरोपमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले ‘इन्काउन्टर’ मा मारिदिए पछि सरकार विरुद्ध प्रश्न उठेको छ ।

दिल्ली उच्च अदालतमा अपराध मामिलाको वकिल रेबेका मेनन जोन र हैदरावादस्थित कानुनकी प्रोफेसर तथा मानवअधिकार कार्यकर्ता कल्पना कन्नाबिरनले प्रहरी कारवाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन् ।

रेबेकाले फेसबुकमा लेखेकी छन्, ‘कति सजिलै हामी भीडको हातबाट न्यायको उत्सव मनाइरहेका छौँ, त्यो प्रहरी जसमाथि कसैले पनि विश्वास गर्न सक्दैन, आधा रातमा चार निःसशस्त्र मानिसको हत्या गर्छ, किन ?’

जवाफमा उनी आफैँ लेख्छिन्, ‘किनकि यस्ता मानिस रहोस् या नरहोस्, कसैलाई केही फरक पर्दैन ।’

उनले प्रश्न गरेकी छन्, ‘के दिल्ली प्रहरीले पहुँचवालामाथि पनि यस प्रकारको व्यवहार गर्न सक्छ, जो जोर बाग र महारानी बागमा बस्छन् रु उनीहरुले नै अपराध गरेका थिए भन्नेमा हामीसँग त्यस्तो के बलियो प्रमाण थियो र ? के कुनै अदालतले उनीहरुलाई देखेको थियो र ? उनीहरुलाई अपराधी करार गरिएको थियो ? कानुन व्यवशायीहरुको प्रश्न छ ।

प्रहरीले आरोपीहरुले प्रहरीको हतियार खोसेर फायरीगं गर्न खोजे पछि ईन्काउन्टर गरिएको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ