सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु, अधिकांश भारतीय

सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु, अधिकांश भारतीय

  • बिहिबार, मंसिर १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी, मंसिर १९ ।

अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुममा रहेको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन ।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।

घटनाको दौरान ५३ जना कारखाना तथा आवास क्षेत्रमा उपस्थित रहेको बताइएको छ । विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ