फिलिपिन्समा आयो कमुरी आँधीः दुई लाख बढी प्रभावित, विमानस्थल पनि बन्द

फिलिपिन्समा आयो कमुरी आँधीः दुई लाख बढी प्रभावित, विमानस्थल पनि बन्द

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी, मंसिर १७ । मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढी प्रभावित भएका छन् ।

आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरिएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलामा रहेको अन्तर्रा्ष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको बीबीसीले जनाएको छ ।

आँधीका कारण दर्जनौं राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडानहरुसमेत प्रभावित भएको र कतिपय उडानलाई अन्यत्रै डाइभर्ट गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रभावित क्षेत्रका विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द गरिएको छ । आँधी एक सय ७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ ।

आँधीका कारण कयौं घर तथा टहराका छाना उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । फिलिपिन्समा हरेक वर्ष आउने २० भन्दाबढी शक्तिशाली आँधीका कारण हजारौं प्रभावित हुँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ