अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी, १७ मंसिर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित हुन इन्कार गरेका छन् ।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेको हो ।

ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगका लागि भइरहेको सार्वजनिक सुनुवाइ एकपक्षिय भएको भन्दै ह्वाइट हाउसले उपस्थित नहुने स्पष्ट पारेको हो ।

महाअभियोका लागि छानविन गरिरहेको न्यायिक समितिले ट्रम्प र उनका वकिल उपस्थित नभए दोस्रो चरणको प्रक्रियामा जाने चेतावनी दिइसकेको छ ।

ट्रम्प उपस्थित नभए महाअभियोगको टुंगो लगाउन महतदान गर्न सकिने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति ट्रम्पविरुद्ध राजनीतिक लाभका लागि युक्रेकनलाई आफ्ना प्रतिष्पर्धी जो विडेन र उनका छोरामाथी छानविन गर्न दवाव दिएको आरोप लागेको छ ।

विडेनमाथि छानविन नगरे युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने ट्रम्पले चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो ।

तर उक्त आरोपको ट्रम्पले खण्डन गर्दै आएका छन् । अमेरिकामा राजनीतिक लाभका लागि विदेशी सहायता लिनु गैरकानुनी मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ