वर्षाका कारण घरका पर्खाललगायतका संरचना भत्किदाँ १४ जनाको मृत्यु

वर्षाका कारण घरका पर्खाललगायतका संरचना भत्किदाँ १४ जनाको मृत्यु

  • सोमवार, मंसिर १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी, १६ मङ्सिर ।
भारतको तमिलनाडु राज्यमा आज भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ ।
भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ । कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ