लण्डन ब्रिजमा दिउँसै छुरा प्रहारबाट दुईको हत्या, तीन जना घाईते

लण्डन ब्रिजमा दिउँसै छुरा प्रहारबाट दुईको हत्या, तीन जना घाईते

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी, मंसिर १४ । बेलायतको राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा छुरा प्रहार गरी दुई जनाको हत्या भएको छ । भने अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार दिउँसो २ बजेकोे घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । मारिने व्यक्तिको पहिचान खुल्न नसकेको बताइएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका दुई जनाबाट बिस्फोटक पदार्थहरु बरामद गरेको दावी गरेका छन् ।

मारिएकामध्ये एक जना पूर्व कैदी रहेको प्रहरीको दावी छ । एउटा सभालाई लक्षित गरेर आक्रमणको प्रयास भएपनि धेरै मानवीय क्षति हुन नदिएको प्रहरीको दावी छ ।

क्यामब्रिज विश्वविद्यालयक विद्यार्थी सहभभागी भएको समारोहमा विद्यार्थी र पूर्व कैदीहरुसँग संधिग्द व्यक्तिले कुराकानी गरेलगत्तै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ