तालिवानी लडाकूसँग वार्ता गर्न तयार: ट्रम्प

तालिवानी लडाकूसँग वार्ता गर्न तयार: ट्रम्प

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

एजेन्सी, मंसिर १३ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका तालिवानी लडाकूहरुसँग वार्ता गर्न चाहेको बताउनु भएको छ । अफगानिस्तान भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले तालिवानहरुले सम्झौता गर्न चाहेकाले अमेरिका उसँग वार्ता गर्न तयार रहेको बताउनु भएको हो ।

इराकमा रहेका आफ्ना सैनिहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले तालिवानहरुसँग वार्ता गर्न चाहेको बताएको बीबीसीले जनाएको छ । भ्रमणका क्रममा ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेको बताइएको छ ।

तालिवानीहरु शान्तिपूर्ण आन्दोलनमा आए अमेरिकाले अफगानिस्तानमा रहेका सैनिकको संख्यासमेत कटौती गर्नेबारे सोच्न सकिने ट्रम्पको भनाई थियो । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा तालिवानविरुद्ध हस्तक्षेप गरेको १८ वर्षपछि पनि १३ हजार सैनिक तैनाथ रहेका छन् ।

तालिवानीले एक अमेरिकी र एक अष्ट्रेलियाली नागरिकलाई नियन्त्रणमा लिएर रिहा गरेको एक सातापछि ट्रम्पले अफगानिस्तानको भ्रमण गर्नु भएको हो । वार्ता सकारात्मक भए आठ हजार भन्दा बढी सैनिक कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजना छ । तर उक्त निर्णय भने तालिवानीहरुसँगको वार्ताको परिणामले निर्धारण गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ