एजेन्सी, १३ मंसिर। इराकमा पछिल्लो एक महिनामा चर्किएकाे सरकार विरोधी आन्दोलनका क्रममा ३ सय ६० भन्दा बढीको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर एक हजार भन्दा बढी घाइते भएको अन्तरर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
निरन्तर बढ्दै गएको आन्दोलनका कारण जनजीवन अस्तव्यस्त हुन थालेपछि आन्दोलन दवाउन सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।आन्दोलनमा भएको दमनप्रति सर्वत्र विरोध भएपछि इराक सरकारले आन्दोलनका एक कमाण्डरलाई हटाइएको जनाएको छ ।
नसेरिया शहरमा आन्दोलन दवाउने क्रममा हिंसात्मक घटना भएपछि धिल कतार प्रान्तका सैन्य कमाण्डर जमिल अल शममारीलाई बर्खास्त गरेको समाचारमा जनाइएको छ । प्रदर्शनकारीहरुले सरकारी तथा निजी भवन, व्यापारीक केन्द्र तथा बैंकहरुमा आक्रमण गर्न थालेपछि त्यसको प्रतिरक्षामा बल प्रयोग गर्दा आन्दोलनकारी घाइते भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।