चीनलाई सफलताः कार्बन उत्सर्जन नियन्त्रण गर्न सफल भएको दावी

चीनलाई सफलताः कार्बन उत्सर्जन नियन्त्रण गर्न सफल भएको दावी

  • बिहिबार, मंसिर १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी, १२ मङ्सिर ।
चीनको कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न चीन सफल भएको एक अधिकारीले बुधबार बताएका छन् ।

कूल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौती गर्न चीनलाई सफलता मिलेको हो । चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौती गर्ने लक्ष्य तय गरेको थियो ।

‘जलवायु परिवर्तनको सामना: चीनको नीति तथा कार्यसम्बन्धी २०१९ वार्षिक प्रतिवेदन’ लाई बुधबार सार्वजनिक गरेको हो ।

वातावरण उपमन्त्री चाउ यिङ मिनले प्रतिवेदनबारे टिप्पणी गर्दै पत्रकार सम्मेलनमा सन् २०१८ देखि चीनको कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताउँदै भविष्यमा हरितगृह ग्यास निष्कासनलाई नियन्त्रण गर्दै जाने बताउनुभयो ।

उहाँले भविष्यमा चीनले सकारात्मक भूमिका निर्वाह गर्ने, बहुपक्षीय प्रणाली प्रारूपको सुरक्षा गर्ने, विभिन्न पक्षसँग प्रयास गर्दै यस वर्ष संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्नेगरी काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कूल घरेलु उत्पादनलाई ४५.८ प्रतिशतले कमी गरेको छ । यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिल्छ ।

तथ्याङ्कमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ । चीनले गैर–खनिज इन्धनको उपभोग गत वर्षको अन्त्यसम्ममा १४.३ प्रतिशत पु¥याइएको चीनको दाबी छ ।

त्यस्तै चीनको नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन गरिएको ऊर्जा गत वर्ष २६.७ प्रतिशत पुगेको थियो । चीन जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न लिएको कार्बन उत्सर्जन नियन्त्रण र गरिबी निवारणका लागि लिएको अभियानमा शतप्रतिशत सफल रहेको मन्त्री चाउले बताउनुभयो ।

चीनले सन् २००९ देखि लगातार जलवायु परिवर्तनको सामनासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यस वर्षको वार्षिक प्रतिवेदनमा जलवायु परिवर्तनलाई कम गर्ने, जलवायु परिवर्तनलाई अनुकूलन पार्ने, समाजको व्यापक सहभागिता, सक्रिय रूपमा विश्वव्यापी जलवायु प्रशासनमा भाग लिने, अन्तर्रा्ष्ट्रिय सहयोग र आदान–प्रदानलाई सुदृढ पार्ने, “संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन प्रारूप सन्धि” २५औँ सम्मेलनमा चीनको अडान र प्रस्तावलगायत विषय रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ