इराकको राजधानी बगदादमा बम विष्फोट, ६ को मृत्यु

इराकको राजधानी बगदादमा बम विष्फोट, ६ को मृत्यु

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, ११ मंसिर । इराकको राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिस्फोटमा ६ जना घाइते भएका थिए ।

त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ् ।

यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ ।

गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनकाक्रममा हिंसाका घटनाहरु भइरहेका छन् । पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

सन् २००३ मा सद्दाम हुसेनको पतनपछि जारी सबैभन्दा ठूलो प्रदर्शनमा कयौ घाइते भएको बताइएको छ । नेतृत्वविहिन विद्रोहीले सन् २००३ पछिको राजनीतिक प्रणाली भत्काउन हिंसात्मक गतिविधि बढाएको सरकारको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ