हङकङमा आन्दोलन पक्षधरको अत्यधिक बहुमत, मत परिणामले चीन सरकारलाई सन्देश दिने अनुमान

हङकङमा आन्दोलन पक्षधरको अत्यधिक बहुमत, मत परिणामले चीन सरकारलाई सन्देश दिने अनुमान

  • सोमवार, मंसिर ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, ९ मंसिर ।
लामो समय चलेको आन्दोलनपछि हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा प्रजातन्त्र पक्षधरले विजयी हासिल गरेका छन् ।

आइतबार भएको जिल्ला परिषदको निर्वाचनमा अहिलेसम्म घोषणा भएका २४१ सिटमध्ये २०१ मा प्रजातन्त्र पक्षधर विजयी भएको बीबीसीले जनाएका छ ।

चीन समर्थित पार्टीले मात्रै २८ सिट जितेको छ । निर्वाचनमा २९ लाख भन्दा बढी मानिसले मतदान गर्दा ७१ प्रतिशत मत खसेको छ ।

सन् २०१५ मा भएको निर्वाचनमा ४७ प्रतिशत मात्र मत खसेको थियो । प्रजातन्त्र समर्थकहरुको पाँच महिना लामो सरकार विरोधी प्रदर्शनपछि मतदान भएको हो ।

प्रजातन्त्र पक्षधरहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला भएको निर्वाचनको मत परिणामले चीन सरकारलाई पनि सन्देश दिने अनुमान गरिएको छ ।

हङकङको जिल्ला परिषद्मा ४ सय ५२ पार्षद्हरू चुनिनेछन् । हङकङको चुनाव प्रणाली बमोजिम १ सय १७ जिल्ला पार्षद्हरू १२ सय सदस्यीय समितिको सदस्य बन्नेछन् जसले प्रमुख कार्यकारी चयन गर्नेछ । प्रजातन्त्रवादीहरुले परिषदमा आफ्नो प्रतिनिधित्व त्रढाउने अपेक्षा गरेका छन् ।

परिषदले प्रमुख कार्यकारी चयनमा परम्परागत रुपमा नै प्रभाव राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ