एजेन्सी, मंसिर ७ । इरानमा पेट्रोलको मुल्यवृद्धि विरुद्ध सुरु भएको आन्दोलनका क्रममा १ सय नेता पक्राउ परेका छन् ।
इरानी सुरक्षा फौजले १ सय जना नेताहरुलाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले इरानका सुचना प्रविधि मन्त्री माथि इन्टरनेट सेवा अवरुद्ध गरेको भन्दै प्रतिबन्ध लगाएपछि ती नेता पक्राउको सुचना निकालिएको हो ।
जारी प्रदर्शनका क्रममा १ सय जनाको मृत्यु भैसकेको मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनले जनाएको छ ।
इरान सरकारले भने १२ जनाको मृत्यु भएको मात्रै पुष्टि गरेको छ । अमेरिका, इजरेल र साउदी अरबको सहयोगमा इरानलाई अस्थिर बनाउने प्रयास भैरहेको तेहरानले आरोप लगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline