सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइयो

सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइयो

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, ७ मंसिर । सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको छ ।
बेलायती विदेश मन्त्रालयका अनुसार सिरियमा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको हो ।
एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिस बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् ।

विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको त्रास भाग्न बाध्य बनाइएको भन्दै खेद प्रकट गरेको बीबीसीले जनाएको छ ।

उनले ती बालबालिकाको गोपनियताको अधिकारको सम्मा गरिनेसमेत बताएका छन् ।

गत मार्चमा इस्लामिक स्टेट पराजित भएपछि त्यहाँ रहेका विदेशी त तिनीहरुका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेको बताइएको छ ।

फ्रान्स, डेनमार्क, नर्वे र काजकास्तानमा आइएसलाई सहयोग गर्न सिरिया पुगेका विदेशीहरु यसअघि नै आफनो देश फिर्ता भइसकेका छन् ।

सेभ द चिल्ड्रेनका अनुसार अझै ६० जना बेलायती बालबालिका सिरियामै फसेका छन् ।

यसैबीच नेदरल्याण्ड्सको एक अदालतले ६० जना डच बालबालिका स्वदेश फर्काउन सिरिया सरकार बाध्य नहुने फैसला सुनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ