प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप

प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, ६ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

महान्यायाधिवक्ता अवीचै मन्डेपब्लिटले प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

महान्यायाधिवक्ता मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

उता, आरोपको खण्डन गर्दै प्रधानमन्त्री नेतान्याहूले आफूमाथि कलंकित आरोप लगाउने प्रयास भएको बताए । उनले बामपन्थी विरोधीहरुले आधारहीन आरोप लगाएको दावीसमेत गरेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहूले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधका लागि भएकाले छानविन गरेर पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

महान्यायाधीवक्ता मन्डेलब्लिटले इजरायलमा कानुनमाथि कोही नरहेकाले उक्त घटनाको पनि छानविन हुने बताए । उनले नेतान्याहूमाथिको आरोप प्रतिशोधका लागि नभएकोसमेत दावी गरे ।

गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनमा कुनै दलले स्पष्ट बुहमत ल्याउन नसकेपछि नयाँ सरकार गठन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ