श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन, १५ सदस्यीय मन्त्रीमण्डलको गठन हुँदै

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन, १५ सदस्यीय मन्त्रीमण्डलको गठन हुँदै

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

श्रीलङ्का, ५ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।
श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्सविरूद्धको लडाइँमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गर्नुभएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।
राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ । गोतावायले राष्ट्रपतिमा विक्रमासिङ्गेको समर्थन पाएका युनाइटेड नेशनल पार्टीका सजित प्रेमादासालाई करिब १३ लाख मतले पराजित गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ