टर्कीको एजियन तटीय क्षेत्रबाट करिब ४० आप्रवासीको उद्धार

टर्कीको एजियन तटीय क्षेत्रबाट करिब ४० आप्रवासीको उद्धार

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

४ मङ्सिर, एजेन्सी ।
टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना भएको थियो । तटीय सुरक्षाकर्मीहरुले चालीस जना गैरकानुनी आप्रवासीहरूलाई बचाएको बताएको छ ।

उद्धार अभियान सुरु हुनुअघि समुद्रमा आप्रवासीहरूले भरिएको सानो डुङ्गा देखिएको मन्त्रालयले जारी गरेको फोटोमा देखाइएको थियो ।

एजियन सागर हुँदै युरोप जाने प्रवासीहरूको लागिका लागि टर्की मुख्य मार्ग भएको छ । सन् २०१६ को मार्चमा टर्की र युरोपियन युनियन बीच हस्ताक्षर गरिएको सम्झौताले अवैध आप्रवासको प्रवाहलाई रोक्ने भनिएको थियो ।

यस वर्षदेखि अहिलेसम्म कूल ५४ हजार ३८७ जनाले टर्की हुँदै ग्रीस पुग्ने कोशिश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी