हिम पहिरोमा परी चार सैन्य जवानसहित ६ जनाको मृत्यु

हिम पहिरोमा परी चार सैन्य जवानसहित ६ जनाको मृत्यु

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ, ३ मंसिर ।
भारत–पाकिस्तान सीमास्थित विवादित सियाचिनको उत्तरी क्षेत्रमा खसेको हिम पहिरोमा परी चार सैन्य जवानसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा दुई जना भरिया रहेका छन् ।
करीब १९ हजारको उचाइमा गस्ती गरिरहेको समय खसेको हिमपहिरोका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गस्ती टोलीमा आठ जना सम्मिलित थिए ।
पहिरोमा परी लामो समय हिउँमा फसेपछि अत्याधिक चिसोका कारण कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको सेनाका ती अधिकारीले बताएका छन् । सेनाले हेलिकप्टर प्रयोग गरी आठै जनाको उद्धार गरेको थियो ।
सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुवै मुलुकका सेनाले गस्ती गर्दै आएका छन् ।विश्वकै उच्च भागमा रहेको युद्ध क्षेत्रको रुपमा परिचित सियाचिन क्षेत्रमा लामो समयदेखि सार्वभौमिकताको विषय मुख्य मुद्दाका रुपमा रहेको छ ।
सन् १९८४ मा भारतले सियाचिन क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसयता ३५ उच्च सैन्य अधिकारीसहित एक हजार भन्दा बढी सेनाले त्यहाँ ज्यान गुमाइसकेका छन् । हिमपहिरोका घटना सामान्यप्रायस् मानिन्छ । जाडो याममा त्यहाँको तापक्रम माइनस ६० डिग्रीसम्म झर्ने गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ